मदन पुरस्कारको सूचीमा ‘इजोरिया’देखि ‘ऐँठन’सम्म

हिमाल प्रेस २४ साउन २०८० ९:४५
4
SHARES
मदन पुरस्कारको सूचीमा ‘इजोरिया’देखि ‘ऐँठन’सम्म

काठमाडौँ- मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७९ का लागि श्रेष्ठ सूची सार्वजनिक गरेको छ। गुठीले मदन पुरस्कार २०७९ का लागि पाँच कृति छनोट गरेको हो। मदन पुरस्कारका लागि गुठीलाई कुल ३१३ पुस्तक प्राप्त भएका थिए। छनोटमा परेका यी पुस्तकमध्ये एउटालाई सर्वश्रेष्ठ कृतिका रूपमा वर्ष २०७९ को मदन पुरस्कार अर्पण गरिनेछ।

२०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्‍त्रमा चित्तरञ्‍जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार अर्पण गरेको थियो।

मदन पुरस्कार गुठीले विसं २०७२ देखि गुठीमा प्राप्त पुस्तकहरूमध्येबाट बढीमा दसवटाको श्रेष्ठ सूची सार्वजनिक गर्दै आएको छ। गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनोटको एउटा आधार बनाइन्छ।

श्रेष्ठ सूचीमा छनोट पुस्तकमध्ये एकलाई सर्वश्रेष्ठ कृतिका रूपमा मदन पुरस्कार अर्पण गरिन्छ। पुरस्कारको राशि चार लाख रुपैयाँ छ।

मदन पुरस्कार २०७९ का लागि छनोटमा परेका पाँच पुस्तक 

इजोरिया- सुबिन भट्टराई

ऐँठन- विवेक ओझा

चक्रव्यूहमा नेपालको जलस्रोत- द्वारिकानाथ ढुङ्गेल

थाङ्‌ग्रा-प्रगति राई

माटाको घर- सञ्‍जय विष्ट

प्रकाशित: २४ साउन २०८० ९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =