काठमाडौँलगायतका भूभागमा भारी वर्षा, सचेत रहन आग्रह

हिमाल प्रेस २३ साउन २०८० ६:१९
10
SHARES
काठमाडौँलगायतका भूभागमा भारी वर्षा, सचेत रहन आग्रह

काठमाडौँ- हाल देशभर सामान्य देखि पूर्ण बदली रही मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

राजधानी काठमाडौँमा पनि भारी वर्षा भइरहेको छ। वाढी र पहिरोबाट सचेत रहन आग्रह गरिएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ। मधेश र बागमती प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरुको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ।

कोशी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना छ।

प्रकाशित: २३ साउन २०८० ६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 2 =