क्लिनिक चालु छ, ब्लु बसमा समस्या छैन : सभापति लामिछाने

हिमाल प्रेस २१ साउन २०८० ११:३०
12
SHARES
क्लिनिक चालु छ, ब्लु बसमा समस्या छैन : सभापति लामिछाने फाइल तस्बिर- हिमाल प्रेस

काठमाडौँ- चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी क्षेत्रमा मोबाइल क्लिनिक चालु अवस्थामा रहेको स्पष्ट पारेका छन्। उनले क्लिनिकमा प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको जानकारी दिए।

आइतबार जुगेडी क्षेत्रका वृद्धवृद्धाको उपचारमा मोबाइल क्लिनिक सञ्चालन हुने उनले बताए। यस्तै उनले आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालनमा आएको ब्लु बसमा पनि कुनै समस्या नरहेको बताए। लामिछानेले आफू निर्वाचित भएको १०० दिन पुगेपछि केही दिनअघि आफ्नो चुनावी क्षेत्रमा महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गरेका थिए।

क्लिनिक सञ्चालन र बस सेवा सञ्चालनमा विभिन्न पक्षबाट टीकाटिप्पणी हुन थालेपछि सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन्।

प्रकाशित: २१ साउन २०८० ११:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =