चीनको हेबेईमा बाढी, कम्तीमा १० जनाको मृत्यु

हिमाल प्रेस २० साउन २०८० १९:१८
14
SHARES
चीनको हेबेईमा बाढी, कम्तीमा १० जनाको मृत्यु चीनकाे हेबेईस्थित नदी किनारमा आवश्यक काम गरिँदै। तस्बिर : सिन्ह्वा

बेइजिङ- उत्तरी चीनको हेबेई प्रान्तको एक सहरमा आएको बाढीमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ। चिनियाँ अधिकारीहरूले बेइजिङबाट करिब १५० किलोमिटर (९० माइल) टाढा रहेको प्रान्तको सबैभन्दा बढी प्रभावित सहर बाओडिङमा मृत्यु हुनेको सङ्ख्या कम्तीमा १० रहेको शनिबार जानकारी गराएका छन्।

स्थानीय समयअनुसार शनिबार मध्याह्नसम्ममा सहरका ६ लाखभन्दा बढी मानिसलाई जोखिममा रहेका स्थानबाट सुरक्षित स्थानमा सारिएको मेयरको कार्यालयलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले समाचार लेखेका छन्।

पछिल्लाे समय चीनका केही सहरहरूमा अत्यधिक वर्षा भइरहेकाे छ। गत महिना प्राकृतिक प्रकोपका कारण १४७ जनाको मृत्यु तथा बेपत्ता भएको चीनले शुक्रबार सार्वजनिक गरेकाे छ। गत शुक्रबार चीनको मुख्य भूमि चीनमा आँधीबेहरीको रूपमा आएको डोक्सुरी आँधीपछि आएको मुसलधारे वर्षा १४० वर्षयताकै सबैभन्दा भीषण वर्षा भएको मौसमविद्हरूले बताएका छन्। चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले जुलाई महिनामा १४२ जनाको मृत्यु तथा वेपत्ता हुनुको कारण बाढी वा भौगर्भिक प्रकोपका कारण भएको बताएको छ। रासस/सिन्ह्वा

प्रकाशित: २० साउन २०८० १९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =