लेनदेन बिग्रेपछि बैंकिङ कसुरका मुद्दा बढे

हिमाल प्रेस १६ साउन २०८० १७:१६
38
SHARES
लेनदेन बिग्रेपछि बैंकिङ कसुरका मुद्दा बढे

पोखरा- आर्थिक संकट गहिरिँदै गएपछि समाजमा आपसी लेनदेन मुद्दा मामिलासम्म पुग्ने गरेको छ। यसको गतिलो उदाहरण हो–बैंकिङ कसुरका मुद्दामा चर्को वृद्धि।
गत वर्ष कास्कीमा ५ सय १७ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्। यो संख्या गत वर्ष दर्ता विभिन्न किसिमका आपराधिक क्रियाकलापका घटनामध्ये सबैभन्दा बढी अर्थात् ३० प्रतिशत हो।

जिल्ला प्रहरी कार्यालय कास्कीले गत आव २०७९/८० को सम्पादित कार्यप्रगति विवरण सार्वजनिक गर्न मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जनाए। उनले आर्थिक संकटका कारण यसपालि बैंकिङ कसुरका मुद्दा मामिलामा बढी परेको अनुमान रहेको बताए। बैंकिङ कसुरका मुद्दा उच्च अदालतको क्षेत्राधिकारभित्र पर्दछ।

यसैगरी, सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुरमा ४ सय २१ अर्थात् ४.२८ प्रतिशत मुद्दा दर्ता भएका छन्। आत्महत्याका १ सय ६५ अर्थात ९.५७ प्रतिशत मुद्दा दर्ता भए। यी क्रमशः दोस्रो र तेस्रो धेरै दर्ता हुने मुद्दा हुन्। चौंथो स्थानमा लागु औषधका मुद्दा छन्।

प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार कास्की प्रहरीमा प्रतिदिन औषत ५ घटना दर्ता हुने गरेका छन्। यसरी गत वर्ष कुल १ हजार ७ सय ३४ घटना दर्ता भएका थिए।

कास्की प्रहरीले अपराध अनुसन्धान तथा कारबाहीलगायत जनशक्ति व्यवस्थापन, प्रहरी कार्य, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, समुदाय प्रहरी साझेदारी, सफल अनुसन्धानहरुमा काम गर्दै आएको छ।

प्रकाशित: १६ साउन २०८० १७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =