संसद्‍ भवननजिकै निर्माण व्यवसायीकाे प्रदर्शन [तस्बिरहरू]

दिपेश श्रेष्ठ १६ साउन २०८० १६:४०
8
SHARES
संसद्‍ भवननजिकै निर्माण व्यवसायीकाे प्रदर्शन [तस्बिरहरू] फाइल तस्बिर

काठमाडाैँ- नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार दिउँसाे बानेश्वरमा प्रदर्शन गरेका छन्। निर्माण कार्यकाे भुक्तानी समयमै हुनुपर्ने, सबै आयाेजनाहरूकाे एकमुष्ट म्याद थप हुनुपर्नेलगायत ९ बुँदे माग राखेर व्यवसायीले संसद्‍ भवन नजिकै प्रदर्शन गरेका हुन्।

यसअघि उनीहरूले तिनै माग राखेर मंगलबार बिहान बालुवाटारमा डाेजरसिहत प्रदर्शन गरेका थिए। पछिल्लाे समय निर्माण व्यवसायीले मूल्यवृद्धिअनुसार आयाेजनाहरूकाे मूल्य समायाेजन गर्नुपर्ने, काबुबाहिरका निर्माण कार्य सुविस्तारकाे आधारमा अन्त्य गर्नुपर्नेलगायत मागसहित आन्दाेलित बनेका छन्। साेमबार पनि उनीहरूले प्रधानमन्त्री निवास नजिकै बालुवाटारमा प्रदर्शन गरेका थिए।

उनीहरूले उपभोक्ता समितिबाट गरिने निर्माण कार्य खारेज गरिनुपर्ने र पूर्वाधारसँग सम्बन्धित सार्वजनिक खरिद ऐन, नियम व्यवसायीमैत्री हुनुपर्नेलगायत माग राखेका छन्।‍ महासंघका अध्यक्ष रवि सिंहले आफ्ना माग सरकारले पूरा नगरेसम्म आन्दाेलन जारी रहने बताएका छन्। सरकारले सुरुवात गरेको आयोजनाहरूको भुक्तानी समयमा नै नभएकाले प्रत्येक वर्ष अतिरिक्त खर्च बढ्दै गएको गुनासाे व्यवसायीहरूकाे छ।

महासंघले यसअघि सबै प्रमुख राजनीतिक दलका नेताहरूलाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियाे। आफ्ना मागबारे सरकार गम्भीर नभएको भन्दै महासंघले आन्दोलनका कार्यक्रम थप सशक्त बनाउने बताएकाे छ।

प्रकाशित: १६ साउन २०८० १६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =