आजको मौसम : धेरै स्थानमा भारी वर्षा सचेत रहन आग्रह

हिमाल प्रेस १६ साउन २०८० ६:१९
2
SHARE
आजको मौसम : धेरै स्थानमा भारी वर्षा सचेत रहन आग्रह फाइल तस्बिर।

काठमाडौँ- नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।

मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थान आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो, देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थान भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

प्रकाशित: १६ साउन २०८० ६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =