काठमाडौँ- ६१ किलो सुन तस्करी प्रकरणबारे छानबिन गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुनका विषयमा केही सूचना, तथ्य वा प्रमाण भए दिएर सहयोग गर्न सार्वजनिक अनुरोध गरेको छ।
ब्युरोले आज एक विज्ञप्ति जारी गर्दै सुनबारे कुनै सूचना भए ब्युरोको इमेल ठेगाना cib@nepalpolice.gov.np मा पठाउन वा ब्युरोका सूचना अधिकारीलाई ९८५१२९१३११ मा सम्पर्क गरेर जानकारी दिन भनेको छ। प्रत्यक्ष रुपमा आएर पनि सूचना दिन सकिने सिआइबीले उल्लेख गरेको छ।
यसरी प्राप्त भएको जानकारी वा सूचनाको स्रोत गोप्य रहने पनि सिआइबीका प्रवक्ता नवराज अधिकारीले बताए। केही अघि संसद् बैठकमै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही गोप्य सूचनाहरु आफूाई प्राप्त भएको बताएका थिए।
प्रकाशित: ८ भदौ २०८० २०:३० | Friday, August 25, 2023
प्रतिक्रिया



