बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

हिमाल प्रेस १५ साउन २०८० ६:२९
20
SHARES
बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

काठमाडौँ– हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र मधेश प्रदेशका पश्चिमी भु-भागका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति भने देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र मधेश प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षा हुने महाशाखाले जानकारी दिएको छ।

प्रकाशित: १५ साउन २०८० ६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − thirteen =