सामाजिक काम गर्न विभिन्न संस्थासँग ज्योति विकास बैंकको सम्झौता

हिमाल प्रेस ११ साउन २०८० १५:१४
12
SHARES
सामाजिक काम गर्न विभिन्न संस्थासँग ज्योति विकास बैंकको सम्झौता

काठमाडौँ- ज्योति विकास बैंकले सामाजिक उत्तर दायित्वअन्तर्गत विभिन्न काम गर्नका लागि सम्झौता गरेको छ। बैंकले १५औँ वार्षिकोत्सवको अवसरमा ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि विभिन्न संस्थाहरूसँग सम्झौता गरेको हो। उक्त काेष बैंककाे सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापित काेष हाे।

वातावरण, स्वास्थ्य, सशक्तीकरणलगायत क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न संस्थासँग सम्झौता गरिएको बैंकले जानकारी दिएको छ। शारिरीक हिसाबले फरक क्षमताका बालबालिकाका लागि कृत्रिम हात प्रदान गर्न ‘इनेबल नेपाल’सँग बैंकले सम्झौता गरेको छ।

इनेबल नेपालसँगको सहकार्यमा बैंकले १५ जना बालबालिकालाई ‘थ्रीडी प्रिन्टेड प्रस्थेटिक ह्यान्ड्स’ प्रदान गरिनेछ। ती हातहरूले बालबालिकालाई दैनिक जीवनयापनका लागि मद्दत पुर्‍याने बैंकको भनाइ छ।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र इनेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्। त्यस्तै बैंकले जनस्वास्थ्य सरोकारका कार्यक्रम र सेवा सञ्चालन गर्दै आएको ‘फेक्ट नेपाल’सँग पनि सम्झौता गरेको छ।

विभिन्न १५ ठाउँमा स्वास्थ्यका कार्यक्रम आयोजना गर्न सो संस्थासँग सम्झौता गरिएको बैंकले जानकारी दिएको छ। सो संस्थाको प्राविधिक सहयोगमा स्वस्थ जीवनयापनका लागि सचेतनामूलक कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविरलगायत कार्यक्रम गरिनेछन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत भट्ट र फेक्ट नेपालका कार्यकारी निर्देशक गौरी प्रधानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।वार्षिकोत्सवको अवसरमा बैंकको धनगढी शाखाले हरियाली प्रवर्द्धनका लागि वृक्षारोपण कार्यक्रम पनि गरेको छ।

धनगढी उपमहानगरसँगको समन्वयमा बैंकले वृक्षारोपण गरेको हो। त्यस्तै बैंकको मुर्गिया शाखाले सैनामैना नगरपालिकको वडा नं ५, ६ र ७ का सार्वजनिक स्थानहरूका लागि ५० थान डस्टबिन उपलब्ध गराएको छ।

स्वच्छ र सफा समुदायका लागि बैंकको मुर्गिया शाखाको सक्रियतामा उक्त कार्यक्रम गरिएको हो। त्यस्तै बैंकको हसुलिया शाखा र केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम पनि गरिएको थियो।

नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा यी दुई स्थानमा रक्तदान कार्यक्रम गरिएको हो। कार्यक्रममा ७५ जनाको सहमागिता थियो। वार्षिकोत्सवमा बैंकले लमजुङस्थितअपांग संरक्षण समाजसँगको साझेदारीमा अपांगता भएका व्यक्तिलाई विभिन्न सहायता सामाग्री प्रदान गरेको छ।

प्रकाशित: ११ साउन २०८० १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =