विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार भयो : एनपी साउद

हिमाल प्रेस ७ साउन २०८० १३:०८ | Sunday, July 23, 2023
विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार भयो : एनपी साउद

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले विपक्षी दलहरूबाट नेपाली सेना, मुलुकको परराष्ट्र नीति र विदेशी सम्बन्धमाथि प्रहार भइराखेको बताएका छन्।

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले आइतबार सत्ता नपाएपछि विपक्षी दलहरूले सेना, परराष्ट्र नीति र विदेशी सम्बन्धमाथि प्रहार गरिरहेको बताएका हुन्।

विपक्षमा रहेका दलहरू सत्ता नपाएपछि रन्थनिएका जस्तो अवस्थामा देखिएका पनि टिप्पणी गरे।

‘आज आर्मीजस्ता संस्थामा केही पार्टीहरूले आक्रमण गरिराखेका छन्। आज मुलुकको असंलग्न परराष्ट्र नीति, विदेशी सम्बन्धमाथि प्रहार गर्ने काम भइराखेको छ,’ साउदले भने, ‘उनीहरू सत्ता नपाएर बौखलाएको जस्तो अवस्था अहिले देखिएको छ।’

उनले सत्ता साझेदार दल कांग्रेस सही बाटोमा हिँडेको र सही बाटोमा हिँड्न आत्मविश्वास राखेर अगाडि बढ्नु पर्नेमा पनि जोड दिए। ‘नेपाली कांग्रेस ठिक बाटोमा छ। ठिक ट्रयाकमा छ,’ साउदले भने, ‘यो ठिक ट्रयाकमा जाने कुरामा आत्मविश्वास राखेर अगाडि बढ्नुपर्छ।’

प्रकाशित: ७ साउन २०८० १३:०८ | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast