महामन्त्री थापाको प्रस्ताव : भ्रातृ संगठनको महाधिवेशन ६ महिनाभित्र, पार्टी सदस्यता ७ लाख थप्ने

हिमाल प्रेस २ साउन २०८० १६:२५
20
SHARES
महामन्त्री थापाको प्रस्ताव : भ्रातृ संगठनको महाधिवेशन ६ महिनाभित्र, पार्टी सदस्यता ७ लाख थप्ने

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज मंगलबारदेखि पार्टी मुख्यालय सानेपामा सुरु भएको छ। बैठकमा महामन्त्री गगनकुमार थापाले भ्रातृ संस्थाहरूको संगठनलाई ६ महिनाभित्र महाधिवेशन सक्ने गरी भदौ १५ गतेभित्र पूर्णता दिने प्रस्ताव पेस गरेका हुन्।

म्याद सकिएर तदर्थ समिति गठन भएका ६ वटा भातृ संगठनको पूर्णता भर्दाै १५ भित्र हुनुपर्ने प्रस्ताव थापाले बैठकमा राखेका छन्।

नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको पूर्णता भर्दा १५ भित्र हुनुपर्ने उनको भनाइ छ।

‘सबै भातृ संस्थाहरु जसको म्याद सकिएर तदर्थ समिति गठन गर्यौं तर त्यसले पूर्णता पाएको छैन नेविसंघ लगायतका संगठनहरुलाई ६ महिनाभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित भदौ १५ सम्म पूर्णता दिने’ बैठकमा उनले भने।

अवधि सकिएका शुभेच्छुक संस्थाहरुले तीन महिनाभित्र अधिवेशन गर्नेगरी भदौ मसान्तसम्म कार्यतालिका पेस गर्नुपर्ने उनको प्रस्ताव छ।

थापाले बैठकमा आगामी २० साउन देखि ३१ असार २०८१ सम्मका लागि पार्टी सदस्यता विस्तार अभियान चलाउने योजनासहित प्रस्ताव गरेका हुन्।

महामन्त्री थापाले यो अभियान अन्तर्गत ५ लाखदेखि ७ लाख नयाँ सदस्य थप्ने योजना पनि अघि सारेका छन्। यसअघि २४ मंसिर २०७८ देखि भएको १४ औँ महाधिवेशनसम्म कांग्रेसका क्रियाशील सदस्य ८ लाख ६६ हजार रहेको तथ्यांक सार्वजनिक गरिएको थियो। थापाका अनुसार अब कांग्रेसले सदस्यता संख्या १४ लाख पुर्‍याउने लक्ष्य राखिएको छ।

प्रकाशित: २ साउन २०८० १६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =