रवीश कुमारमाथि बनेको वृत्तचित्र बेलायतमा प्रदर्शित

हिमाल प्रेस २ साउन २०८० १४:५६
8
SHARES
रवीश कुमारमाथि बनेको वृत्तचित्र बेलायतमा प्रदर्शित

काठमाडौँ- भारतीय पत्रकार रवीश कुमारको जीवनमाथि बनेको वृत्तचित्र ‘ह्वाइल वी वाच्ड’ लन्डनका सिनेमा हलमा प्रदर्शनमा आएको छ।

डकुमेन्ट्री हलिउड अभिनेता टम क्रुजको फिल्म ‘मिसन इम्पोसिबल’ प्रदर्शनमा आएको दुई दिनपछि रिलिज भएको थियो। टम क्रुजको फिल्म लन्डनमा जुलाई १२ मा प्रदर्शन गरियो।

रवीशले सामाजिक सञ्जालमार्फत अभिनेता टम क्रुजलाई त्यो दिन फिल्म प्रदर्शनमा नल्याउन आग्रह पनि गरेका थिए। फेसबुकमा उनले लेखेका थिए, ‘यो फिल्म म र भारतीय मिडियाको मिसन इम्पोसिबलमाथि बनेको छ। तपाईंसँग निवेदन छ यस मितिमा लन्डनमा फिल्म रिलिज नगर्नुहोस्। संसारभरि प्रदर्शनमा आउँदै छ त।’

बेलायती दैनिक पत्रिका ‘फाइनेन्सियल टाइम्स’ले वृत्तचित्र ‘ह्वाइल वी वाच्ड’को समीक्षा छापेको छ। ‘भारतको परिवर्तनशील मिडियामा अन्धकारको झलक’ भन्दै पत्रिकाले समीक्षामा लेखेको छ।

पत्रिकाले सो समीक्षा ‘मिसन इम्पोसिबल’को समीक्षा छेउमा प्रकाशित गरेको छ। प्रतिष्ठित अखबारमा बलिउडका ठूलठूला स्टारलाई पनि पाउन गाह्रो हुने ‘स्पेस’ रवीशलाई दिएको छ। साथै, वृत्तचित्रलाई पाँचमध्ये चार तारा रेट गरिएको छ।

विनय शुक्लाको निर्देशन रहेको वृत्तचित्र बुसान फिल्म फेस्टिभलमा ‘सिनेफाइल पुरस्कार’बाट सम्मानित भएको थियो। हिन्दी भाषामा ‘नमस्कार! मैं रवीश कुमार’ नामक यस वृत्तचित्रले टोरन्टो फिल्म फेस्टिभलमा पनि पुरस्कार हात पारेको छ। वृत्तचित्र एक न्युजरुम ड्रामा हो। जसले पत्रकार रवीश कुमारको पत्रकारिता यात्राको कथा भन्छ।

प्रकाशित: २ साउन २०८० १४:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 6 =