कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

हिमाल प्रेस १ साउन २०८० ९:०८
2
SHARE
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै नेपाली का‌ग्रेस केन्द्रीय पदाधिकारी बैठक। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्दैछ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पार्टीको केन्द्रीय समितिको बैठकमा पेस गर्ने एजेण्डाबारे छलफल गर्न सोमबार दिउँसो ३ बजे बैठक बस्न लागेको हो।

साउन २ गते मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा तय गर्न सभापति देउवाले सोमबार पदाधिकारीसँग बैठक राख्ने तयारी गरेका हुन्।

गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको छ। शीर्ष नेताको बैठकबाट केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने कांग्रेसको तयारी छ।

प्रकाशित: १ साउन २०८० ९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 11 =