अबको गन्तव्य भ्रष्ट व्यवस्थाको अन्त्य : कमल थापा

हिमाल प्रेस ३१ असार २०८० १८:१५
90
SHARES
अबको गन्तव्य भ्रष्ट व्यवस्थाको अन्त्य : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले अबको गन्तव्य ‘संघीय गन्तव्यको नाममा कायम रहेको भ्रष्ट व्यवस्थाको अन्त्य’ भएको बताएका छन्।

आज (आइतबार) काठमाडौंमा आयोजित पार्टी सम्बद्ध संयोजित संगठनहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले राप्रपा नेपाललाई परिवर्तनकारी शक्तिको रूपमा स्थापित गर्ने दृढतासमेत व्यक्त गरे।

मुलुकको सम्पूर्ण क्षेत्र राजनीतीकरणको चपेटामा परेको भन्दै थापाले भ्रष्टाचाररूपी महारोगले मुकुकको सबै अंगलाई क्षतविक्षत पारेको समेत बताए।

विदेशी हस्तक्षेप र प्रभाव नांगो रूपमा बढेर गएको, बेरोजगारी समस्या र धर्म परिवर्तनको डढेलोबाट मुलुक आक्रान्त भएको उनको भनाइ छ। मुलुक जोगाउने हो भने अब विकल्पमा जानु ढिला गर्न नहुनेमा उनले जोड दिए।

भेलाले आगामी साउन ५ गते राप्रपा नेपाल आबद्ध संयोजित संगठनहरूको आयोजनामा विरोध प्रदर्शन गर्ने निर्णयसमेत गरेको कार्यक्रमका सभापति नेपाल ट्रेड युनियन महासंघ ९टुकोन०का अध्यक्ष हिक्मतजंग भण्डारीले जानकारी दिए।

प्रकाशित: ३१ असार २०८० १८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =