सहरमा आज : ‘जारी’ चौधाैँ हप्तामा, दर्शक तान्दै नाटक र चित्रकला

सुस्मिता बजगाईं ३० असार २०८० ६:२०
62
SHARES
सहरमा आज : ‘जारी’ चौधाैँ हप्तामा, दर्शक तान्दै नाटक र चित्रकला

आज असारको अन्तिम शनिबार। बर्खायाम भएकाले हाइकिङ, पिकनिक वा कतै घुम्न जान त्यति सान्दर्भिक नहुन सक्छ तपाईँका लागि। राजधानी काठमाडौँमा रहनुहुनेका लागि फिल्म हल, थिएटर, रंगमञ्च उपयुक्त थलो हुन सक्छन्। विगतका सातासजस्तै यो शनिबार पनि राजधानीका फिल्म हल, आर्ट ग्यालरी र थिएटरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम जारी छन्। ‘ट्युवेल’, ‘हिउँभन्दा चिसो’ र ‘सावित्रीको बाख्रो’ जस्ता नाटकले दर्शकको मन जित्न खोज्दैछन् भने हलहरूमा पनि नेपाली, हिन्दी र अंग्रजी फिल्मबीच प्रतिस्पर्धा चलिरहेको छ।

‘अन्तर’ उपन्यास लोर्कापण

थापागाउँस्थित मण्डला थिएटरमा रमेश सायनको ‘अन्तर’ नामक उपन्यास लोकार्पण हुँदैछ। कार्यक्रमको समय मध्याह्न साढे १२ बजे रहेको छ। पुस्तक बूकहिलले प्रकाशन गरेको हो।

शिल्पीमा ‘सावित्रीको बाख्रो’

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘सावित्रीको बाख्रो’ मञ्चन हुँदैछ। ‘सावित्रीको बाख्रो’ कथाकार भवानी भिक्षुको मनोवैज्ञानिक कथा हो। यसलाई नाट्य रुपान्तरण र निर्देशन हिमाल भुजेलले गरेका छन्। नाटक आज साँझ साढे पाँच बजे मात्रै मञ्चन हुनेछ।

पुरानो नाटकघरमा ‘ट्युवेल’

सिनामंगलस्थित पुरानो नाटक घरमा असार १५ गतेदेखि नाटक ‘ट्युवेल’ मञ्चन भइरहेको छ। नाटकमा तराईका किसानले सिँचाइसम्बन्धी भोगेका समस्या देखाइएको छ। रोशन सुवेदीको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा निशा दाहाल, अरविन्दकुमार मौर्य, भुवन लुहार, श्रवण यादव, राजीव चौधरी, कुन्दन थारु, रोहित रजकलगायत कलाकारको अभिनय छ।

साउन १५ सम्म चल्ने नाटक बुधबारबाहेक साताको प्रत्येक दिन साँझ सवा पाँच बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे अतिरिक्त सो मञ्चन हुनेछ।

मण्डलामा ‘हिउँभन्दा चिसो’

मण्डला थिएटरमा असार ८ गतेदेखि नाटक ‘हिँउभन्दा चिसो’को मञ्चन जारी छ। नाटक आगामी साउन १४ गतेसम्म मञ्चन गरिनेछ। मण्डला थिएटर नेपालको प्रस्तुति रहेको नाटकका निर्देशक सोमनाथ खनाल हुन्।

नाटकमा कलाकार भोला सापकोटा, रेणु योगी र गोविन्द सुनारले अभिनय गरेका छन्। सोमबारबाहेक साताको प्रत्येक दिन साँझ पौने छ बजे मञ्चन भइरहेको नाटक आज शनिबार दिउँसो साँढ दुई बजे अतिरिक्त सो मञ्चन हुनेछ।

सिद्धास इन गंगा

बबरमहलस्थित सिद्वार्थ आर्ट ग्यालरीमा असार २९ गतेदेखि ‘सिद्धास इन गंगा’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। साउन २ गतेसम्म चल्ने प्रदर्शनीमा जिम्मी थापाले यात्रा र आध्यात्मिक अनुभव गर्दा बनाएका चित्र छन्।

लस्ट इन ट्रान्जिक्सन

सिद्वार्थ आर्ट ग्यालरीमै असार २ गतेदेखि ‘लस्ट इन ट्रान्जिक्सन’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। प्रदर्शनीमा राखिएका चित्रकलाका स्रष्टा मन गुरुङ हुन्। साउन २ गतेसम्म चल्ने प्रदर्शनी दैनिक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिनेछ। शनिबार भने अपराह्न १२ बजेपछि मात्र प्रदर्शनी खुल्नेछ।

हलमा कुनकुन फिल्म?

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपाली फिल्म ‘बगान’,‘बिहे पास’ र ‘जारी’ हलमा चलिरहेका छन्। बलिउडमा ‘मिसन : इम्पोसिबल-रेकनिङ पार्ट वान’ र ‘सत्यप्रेम कि कथा’ हलिउडमा ‘रेसिडेन्ट इभिल: डेथ इजलन्ड’ र ‘इन्सिडियस: द रेड डोर’, प्रदर्शन भइरहेका छन्।

बगान

फिल्म ‘बगान’ असार २९ गतेदेखि देशभर प्रदर्शन भइरहेको छ। एकल महिलाको कथामा आधारित फिल्मका निर्देशक सरोज खनाल हुन्। फिल्ममा निर्देशक सरोजसहित करिश्मा मानन्धर, प्रमिला कार्की, आकाश श्रेष्ठ, नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुसाललगायत कलाकारको अभिनय छ।

आज क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, लबिम मल, दरबार सिनेम्याक्समा फिल्मको सो छ।

वान सिनेमाअन्तर्गत कालीमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, सिडिसी सिनेमाज, एफक्यूब सिनेमाज, बिग मुभिज, सीके सिनेमाज, क्यूएस सिनेमाज, बीएसआर मुभिज, विश्वज्योति हल, अष्टनारायण हलमा फिल्म ‘बगान’ प्रदर्शन भइरहेको छ।

आईएनआई सिनेमाजअन्तर्गत लोत्से मल, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, सतुङ्गलस्थित डीएम सिनेमा हल, इएन सिनेमा गौरीधारा, गोपीकृष्ण मुभिज, कमलविनायक सी मन्दिर, राधाकृष्ण सिनेमाज, कलंकी सिनेमा फिल्म ‘बगान’ चलिरहेका अन्य हल हुन्।

बिहे पास

गत वैशाख १ गते प्रदर्शन भएको फिल्म ‘बिहे पास’ शुक्रबारदेखि पुन: प्रदर्शन गरिएको छ। विवाहको कथामा बनेको फिल्म निर्देशक प्रवेश पौडेलले निर्देशन गरेका छन्। फिल्ममा दयाहाङ राई, प्रकृति श्रेष्ठ, रवीन्द्र झा, बुद्धि तामाङ, शिशिर बाङ्देल, विशाल पहारी, हिउँवाला गौतम, प्रकाश भुजेललगायत कलाकारको अभिनय छ।

आज क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर र लबिम मलमा फिल्मको सो छ।

वान सिनेमाअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, सीडीसी सिनेमाज, सीके सिनेमाज, क्यूएस सिनेमाज, आईएनआई सिनेमाजअन्तर्गत लोत्से मल, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, बीएसआर मुभिज, विश्वज्योति र अष्टनारायण हलमा फिल्म ‘बिहे पास’ प्रदर्शन भइरहेको छ।

जारी

वैशाख १ गतेदेखि प्रदर्शन भएको फिल्म ‘जारी’ देशभरका सिनेमा हलमा १३ औँ हप्तामा चलिरहेको छ। फिल्मका निर्देशक उपेन्द्र सुब्बा हुन्। लिम्बू जातिमा रहेको जारीकथामा आधारित फिल्मलाई निकैले रुचाएका छन्।

फिल्ममा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बू, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङलगायतको अभिनय छ।
उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत सिभिल मल र एफक्यूब सिनेमाजमा फिल्मको सो छ।

मिसन : इम्पोसिबल- रेकनिङ पार्ट वान

असार २९ गतेदेखि नेपालका हलहरुमा बलिउड फिल्म ‘मिसन : इम्पोसिबल- रेकनिङ पार्ट वान’ प्रदर्शन भइरहेको छ। एक्सन एडभेन्चर र थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक क्रिस्टोफर एमसी हुन्। फिल्ममा टम क्रुज, हेली एटवेल, विङ्ग रेम्स, साइमन पेगलगायत कलाकारको अभिनय छ।

क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, दरबार सिनेम्याक्स, सिभिल मल, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको सो छ। वान सिनेमाअन्तर्गत कालीमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, एफक्यूब सिनेमाज, सीडीसी सिनेमाज, बिग मुभिज, सीके सिनेमाज, बिएसआर मुभिज बलिउड फिल्म ‘मिसन : इम्पोसिबल- रेकनिङ पार्ट वान’ प्रदर्शन भइरहेका अन्य हल हुन्।

आईएनआई सिनेमाजअन्तर्गत लोत्से मल, क्यूएस सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, अष्टनारायण हलमा बलिउड फिल्म ‘मिसन : इम्पोसिबल- रेकनिङ पार्ट वान’ चलिरहेको छ।

सत्यप्रेम कि कथा

हिन्दी फिल्म ‘सत्यप्रेम कि कथा’ असार १४ गतेदेखि नेपाली हलमा प्रदर्शन भइरहेको छ। फिल्म कमेडी र ड्रामा जनरामा बनेको छ। फिल्मका निर्देशक समीर विद्वान्स हुन्। फिल्ममा कार्तिक आर्यान, कियारा आडवाणी मुख्य भूमिकामा छन्।

क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर, लबिम मल र दरबार सिनेम्याक्समा फिल्म प्रदर्शन भइरहेको छ। वान सिनेमाअन्तर्गत कालीमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, एफक्यूब सिनेमाज, बिग मुभिज, सीके सिनेमाज, क्यूएस सिनेमाज, आइएनआई सिनेमाजअन्तर्गत लोत्से मल, रञ्जना सिनेप्लेक्स र बिएसआर मुभिजमा फिल्मको सो छ।

रेसिडेन्ट इभिल : डेथ आइसल्यान्ड

हलिउड फिल्म ‘रेसिडेन्ट इभिल : डेथ इजलन्ड’ असार २९ गतेदेखि नेपालका हलमा प्रदर्शन भइरहेको छ। एक्सन र एडभेन्चर जनरामा बनेको फिल्मका निर्देशक इच्हिरो हसोमी हुन्। फिल्ममा बिल बट्स, इरिन चाहिल, केभिन डोरम्यानलगायत कलाकारको अभिनय छ।

क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर र लबिम मलमा फिल्मको सो छ।

आईएनआई सिनेमाजअन्तर्गत लोत्से मल, एफक्यूब सिनेमाज, सीडीसी सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, बीएसआर मुभिजमा हलिउड फिल्म ‘रेसिडेन्ट इभिल : डेथ इजलन्ड’ प्रदर्शनरत छ।

इन्सिडियस : द रेड डोर

हलिउड फिल्म ‘इन्सिडियस : द रेड डोर’ असार २२ गतेदेखि नेपाली हलहरूमा चलिरहेको छ। फिल्मका निर्देशक पेट्रिक विल्सन हुन्। हरर र थ्रिलर नजरामा बनेको फिल्म रोय बायर्न, पेट्रिक विल्सन, टाई सिम्पकिन्स, हियम अब्बासलगायत कलाकारको अभिनय छ।

यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, लबिम मल र दरबार सिनेम्याक्समा फिल्मको सो छ। वान सिनेमाअन्तर्गत कालीमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, एफक्यूब सिनेमाज, बिग मुभिज, सीके सिनेमाज, क्यूएस सिनेमाज, अष्टनारायण हल, आइएनआई सिनेमाजअन्तर्गत लोत्से मल, रञ्जना सिनेप्लेक्स, बीएसआर मुभिजमा हलिउड फिल्म ‘इन्सिडियस : द रेड डोर’ हलिउड फिल्म ‘इन्सिडियस : द रेड डोर’ चलिरहेका अन्य हल हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 15 =