यस्तो छ ‘बिहे पास’ को टिजर

हिमाल प्रेस १० फागुन २०७९ १५:४०
76
SHARES
यस्तो छ ‘बिहे पास’ को टिजर

काठमाडौँ– आगामी वैशाख १ गते रिलिज हुने फिल्म ‘बिहे पास’को अफिसियल टिजर सार्वजनिक भएको छ। १ मिनेट ३७ सेकेन्ड लामो टिजरमा हरेक नेपालीले देख्ने दुई लक्ष्य पूरा गर्न गर्ने संघर्षलाई देखाइएको छ।

टिजरमा एउटा सपना सरकारी अड्डाबाट महिनाको तलब खाने र अर्को जीवनभर असल नारीको साथलाई हरेक नेपालीको लक्ष्य हुने भनिएको छ।

यिनै सपना पूरा गर्नका लागि गरिएको संघर्षको केही अंश टिजरमा देख्न सकिन्छ। भिडियोमा कलाकार दयाहाङ राई, प्रकृति श्रेष्ठ, शिशिर वाङ्देल, रवीन्द्र झा, बुद्धी तामाङलगायतको फिचर्ड देख्न सकिन्छ।

टिजरको अन्तिमतिर आफू इन्सुरेन्सको एजेन्ट भएको बताएका दयाहाङले बोर्डरको गतिविधि हेर्ने सीआइबीको भएको बताएका छन्।

यसले फिल्ममा केही रहस्यात्मक कथा लुकेको अनुमान गर्न सकिन्छ। प्रवेश पौडेलको निर्देशनमा बनेको फिल्मलाई वैशाख १ गते ‘जन्त जाने दिन’भनिएको छ।

फिल्ममा अन्य कलाकार श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, नवीन शेरचन, उमा बानियाँ, प्रकाश भुजेललगायत छन्।

वैशाख १ मै दयाहाङको अर्को फिल्म ‘जारी’पनि प्रदर्शनमा आउनेछ। यसमा अभिनेत्री मिरुना मगर दयाहाङको जोडीका रूपमा देख्न सकिने छ।

फिल्ममा दयाहाङ र मिरुनाबाहेक प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ।

प्रकाशित: १० फागुन २०७९ १५:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − six =