हलमा फेरि ‘बिहे पास’

हिमाल प्रेस १८ असार २०८० १६:४१
8
SHARES
हलमा फेरि ‘बिहे पास’

काठमाडौँ– गत वैशाख १ गते प्रदर्शन गरिएको फिल्म ‘बिहे पास’ नेपाली हलहरूमा पुनः प्रदर्शन हुने भएको छ। दर्शकहरूको माग र हल व्यावसायीको आग्रहलाई सम्बोधन गर्दै फिल्म पुनः प्रदर्शन गर्न लागिएको निर्माण टिमले जनाएको छ।

निर्माण टिमले सामाजिक सञ्जाल फेसबुकमार्फत असार २९ गतेको नयाँ मितिसहितको पोस्टर सार्वजनिक गरेका छन्। फिल्म यहि असार २९ गतदेखि प्रदर्शन हुनेछ।

वैशाख १ मै अन्य दुई फिल्म ‘जारी’ र ‘बुलाकी’ प्रदर्शन गरिएको थियो। हलमा ‘जारी’ हेर्न दर्शकको आेइरो लागेपछि अपेक्षा गरिएका फिल्मले पनि दर्शक पाउन सकेका थिएनन् तर ‘जारी’लाई भने अझै दर्शकले रुचाईरहेका छन्। एफक्युब, आइएनआई सिनेमाजलगायतका हलहरूमा फिल्म प्रदर्शन भइरहेको छ।

प्रवेश पौडेलले निर्देशित फिल्म ‘बिहे पास’ विवाहको कथामा बनेको छ। फिल्ममा दयाहाङ राई, प्रकृति श्रेष्ठ, रविन्द्र झा, बुद्धि तामाङ, शिशिर बाङ्देल, श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, प्रकाश भुजेल, उषा बानियाँलगायत कलाकारको अभिनय छ।

रोहित कटेल प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता रोजन श्रेष्ठ हुन्। असार २९ मै सरोज खनालको लेखन र निर्देशनमा बनेको फिल्म ‘बगान’ पनि प्रदर्शन हुनेछ। ‘बगान’मा एकल महिलाको कथा समेटिएको छ।

प्रकाशित: १८ असार २०८० १६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =