चट्याङ लागेर एकको मृत्यु

हिमाल प्रेस २८ असार २०८० १६:४५
8
SHARES
चट्याङ लागेर एकको मृत्यु प्रतीकात्मक तस्बिर।

डोटी- डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। बडिकेदार गाउँपालिका–५ दुदीलागाउँमा चट्याङ लाग्दा स्थानीय ६६ वर्षीय हर्कबहादुर बोहराको मृत्यु भएको प्रहरी चौकी खड्यौलीका ईन्चार्ज भष्करदत्त पन्तले जानकारी दिए।

आज दिउँसो २ बजेतिर घरको ढोका लगाउने क्रममा चट्याङ लाग्दा बोहराको मृत्यु भएको निजका छोरा सुरेश बोहराले बताए। चट्याङका कारण सोही गाउँका डम्मरसिंह बोहराका छ वटा बाख्रा मरेका छन्।

प्रकाशित: २८ असार २०८० १६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =