कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

हिमाल प्रेस २७ असार २०८० १०:०९
10
SHARES
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक स्थगित भएको छ। झन्डै एक वर्षपछि बुधबारका लागि डाकिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्नीशोक परेका कारण स्थगित भएको हो।

माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पत्नी सीता दाहालको बुधबार निधन भएको थियो। सोही कारण बिहान बस्ने भनिएको कांग्रेस पदाधिकारी बैठक बस्न नसकेको सहमहामन्त्री किशोरसिंह राठौरले जानकारी दिए। उनले केन्द्रीय समिति बैठक पनि स्थगित भएको बताए।

सहमहामन्त्री राठौरले भने, ‘ प्रधानमन्त्री पत्नीको निधन भएपछि बुधबार बिहान बस्ने भनिएको पदाधिकारी बैठक पनि बसेन। केन्द्रीय समिति बैठक पनि स्थगित भएको छ।’

उनका अनुसार केन्द्रीय समिति अब कहिले बस्ने भन्ने टुंगो लागेको छैन। पार्टीका नेताहरूका अनुसार बैठक साउन २ गते बस्न सक्नेछ।

प्रकाशित: २७ असार २०८० १०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =