सडक डिभिजन लहानका अधिकृत पोखरेल घुससहित पक्राउ

हिमाल प्रेस २७ असार २०८० ८:२५
12
SHARES
सडक डिभिजन लहानका अधिकृत पोखरेल घुससहित पक्राउ

लहान– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई १ लाख घुस रकमसहित पक्राउ गरेको छ।

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मंगलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता देवी थपलियाले जानकारी दिए।

सडक निर्माणको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि उनले घुस मागेको पाइएको छ।

पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत सडक डिभिजन लहानका लेखा अधिकृत हुन्।

उनीमाथि थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।

प्रकाशित: २७ असार २०८० ८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =