सांसद राईको खर्च कटौती प्रस्ताव : सीमा सुरक्षा गर्न नसक्ने भए किन चाहियो ९० हजार आर्मी?

हिमाल प्रेस २६ असार २०८० १६:३६
190
SHARES
सांसद राईको खर्च कटौती प्रस्ताव : सीमा सुरक्षा गर्न नसक्ने भए किन चाहियो ९० हजार आर्मी? फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभा सदस्य डा. बिमला राई पौडेलले नेपाली सेनाको संख्या कटौती गर्न प्रस्ताव गरेकी छन्। विनियोजन विधेयकको मन्त्रालयगत छलफलमा सहभागी हुँदै उनले रक्षा मन्त्रालयको खर्च शीर्षकबारे यस्तो प्रस्ताव गरेकी हुन्।

सीमा सुरक्षा गर्न नसक्ने नेपाली सेना किन पाल्ने भन्दै उनले प्रश्न गरिन्। ‘रक्षा मन्त्रालय सीमा सुरक्षाका लागि सबैभन्दा महत्वपूर्ण मन्त्रालय हो। सीमा सुरक्षा भा’छ? अतिक्रमणका सूचना दिनदिनै आएका छन्। के गरेका छौँ?,’ पूर्व परराष्ट्रमन्त्रीसमेत रहेकी उनले भनिन्, ‘सीमा सुरक्षामा परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयको ठूलो हात हुन्छ। दुई मन्त्रालयबीच समन्वय नभएर हो कि हामीले हाम्रो कुराहरू भन्न पनि सकेका छैनौँ डराउँछौँ।’

उनले रक्षा मन्त्रालयसँग विदेशीले थुप्रै आफ्नो रूचीअनुसारको गतिविधि गर्ने ठाउँ बनाएको भन्दै गम्भीर ध्यानाकर्षण पनि गराइन्। ‘विदेशी सहयोगमा विदेश भ्रमण थुप्रै हुन्छ रक्षा मन्त्रालयमा। विदेशीको कति धेरै इन्ट्रेस्ट हुन्छ भन्ने कुरा मैले ४२ दिन मन्त्री हुँदै थाहा पाएँ अहिलेको मन्त्रीले कति थाहा पाउनु भा’छ थाहा छैन,’ उनले अघि भनिन्, ‘असाध्यै धेरै चलखेल हुन्छ। हाम्रो देशको सीमा रक्षा गर्न नसक्ने रक्षा मन्त्रालयलाई यति धेरै ८० हजार कि ९० हजार सेना चाहिन्छ कि चाहिँदैन पुनरावलोकन गरौँ।’

देशभित्रै र छिमेकी राष्ट्रसँग पनि तत्कालै लडाइँ हुने सम्भावना नरहेको दाबी गर्दै उनले सेनाको संख्या कटौती गर्न प्रस्ताव गरिन्। ‘हाम्रो देशमा अहिले लडाइँ छैन। छिमेकीसँग हुने सम्भावना पनि छैन भइहाले पनि हामी टिक्न सक्ने अवस्था देखिँदैन,’ उनले भनिन्, ‘सीमा सुरक्षाका लागि राम्रोसँग सञ्चार प्रवाह पनि गर्न सक्दैन सीमा सुरक्षा त परै जाओस्। यस्तोमा सेना पाल्ने कि नपाल्ने ८०-९० हजार सेना चाहिन्छ कि चाहिँदैन? खर्च कटौतीको प्रस्ताव राखेको हुँ।’

 

प्रकाशित: २६ असार २०८० १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + three =