परराष्ट्रमन्त्री र टर्कीका समकक्षीबीच टेलिफोन वार्ता

हिमाल प्रेस २५ माघ २०७९ १६:३९
8
SHARES
परराष्ट्रमन्त्री र टर्कीका समकक्षीबीच टेलिफोन वार्ता परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल।

काठमाडौँ- परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालले टर्कीमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेहरूप्रति समवेदना प्रकट गरेकी छन्। बुधबार टर्कीका परराष्ट्रमन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन सम्पर्क गर्दै उनले भूकम्पमा मृत्यु भएकाहरूप्रति समवेदना व्यक्त गरेकी हुन्।

टेलिफोन वार्तामा मन्त्री पौड्यालले नेपालको तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाइन्। वार्तामा उनले टर्कीमा रहेका नेपालीहरूलाई सुरक्षित क्षेत्रमा सारिदिन आग्रहसमेत गरिन्।

नेपालले २०७२ सालमा भूकम्पको विपद् व्यहोरिसकेकाले यस प्रकारको प्राकृतिक विपत्तिमा नेपाल सरकारको सदैव साथ रहने प्रतिबद्धता पनि परराष्ट्र मन्त्री पौड्यालले व्यक्त गरिन्।

टर्कीका विदेशमन्त्री चाबोश्वग्लुले अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा भूकम्पमा परेका नागरिकको उद्धार कार्य जारी रहेको जानकारी दिँदै उनले नेपाल सरकारलाई धन्यवाद व्यक्त गरिन्।

सोमबार बिहान टर्कीमा गएको ७।८ म्याग्निच्युटको भूकम्प गएको थियो। त्यसपछि पनि बारम्बार परकम्प गइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 2 =