लागूऔषधसहित १ जना पक्राउ

हिमाल प्रेस २६ असार २०८० ६:०५
6
SHARES
लागूऔषधसहित १ जना पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट प्रहरीले लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लुपिजेशिक ५ एम्पुल, एभिल ५ एम्पुल, डाइजेपाम ५ एम्पुल र फेनारागन ५ एम्पुलसहित बेलबारी नगरपालिका–३ बस्ने ३८ वर्षीय सतिष सुवेदीलाई पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका उनलाई लागूऔषधसहित पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित: २६ असार २०८० ६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 9 =