विराटनगर आगलागीमा मृत्यु हुनेको संख्या तीन पुग्यो

हिमाल प्रेस २१ मंसिर २०८० ११:३९
8
SHARES
विराटनगर आगलागीमा मृत्यु हुनेको संख्या तीन पुग्यो

इटहरी- मोरङको विराटनगर महानगरपालिका-७ स्थितमा रहेको कवाडी पसलमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बुधबार दिउँसो कवाडी पसलमा अचानक आगलागी हुँदा विराटनगर ६ का ३५ वर्षीय दीपक मण्डल, ६५ वर्षीया सुशीला पासवान र तत्काल नाम, थर, वतन नखुलेको महिलाको मृत्यु भएको छ।

नाम, थर नखुलेकी महिलाको घटनास्थलमै मृत्यु भएको हो भने मण्डलको उपचारको लागि अस्पताल लैजाने क्रममा र सुशीलाको कीर्तिपुरस्थित जलन सम्बन्धी विशिष्टिकृत अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

आगोमा परी घाइते भएका विराटनगर ६ का ५८ वर्षीय किशोर पासवान, ३० वर्षीया पिंकी कामत र ६० वर्षीया रीता सरदारको कीर्तिपुरस्थित जलन सम्बन्धी विशिष्टिकृत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ‍।

घाइतेहरूलाई बुधबार नै नेपाली सेनाको एयर एम्वुलेन्सद्वारा उपचारको लागि लगिएको थियो। आगलागीबाट करिब ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रकाशित: २१ मंसिर २०८० ११:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =