दर्शकको रोजाइमा ‘धुर्मुस सुन्तली’को वेब फिल्म ‘म त मर्छु कि क्या हो’

हिमाल प्रेस २५ असार २०८० ९:३७
326
SHARES
दर्शकको रोजाइमा ‘धुर्मुस सुन्तली’को वेब फिल्म ‘म त मर्छु कि क्या हो’

काठमाडौँ– सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ दर्शकको रोजाइमा परेको छ।

युट्युबमा १२ दिनअघि सार्वजनिक उक्त फिल्मले आइतबार दिउँसो २ बजेसम्म २१ लाखभन्दा बढी भ्युज पाइसकेको छ।

२ घण्टा लामो फिल्ममा सीताराम र कुञ्जना धुर्मुस र सुन्तलीकै भूमिकामा छन्।

फिल्मका अन्य कलाकारमा रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बलदीप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशीला थापा छन्।

कट्टेल र घिमिरेकै लेखन तथा निर्देशनमा बनेको फिल्म सुदीप बरालले छायांकन तथा मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।

कोभिड महामारीको समयमा चितवन आसपास छायांकन गरिएको ‘म त मर्छु कि क्या हो’ फिल्म ओटीटी प्लेटफर्म ‘ओहो मुभिज’मा राखिएको केही समयपछि युट्युबमा सार्वजनिक गरिएको हो।

प्रकाशित: २५ असार २०८० ९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 10 =