२८ अंकले बढ्यो नेप्से, ३ अर्बको कारोबार

हिमाल प्रेस २४ असार २०८० १५:४३
4
SHARES
२८ अंकले बढ्यो नेप्से, ३ अर्बको कारोबार

काठमाडौँ– आइतबार सेयर बजार परिसूचक (नेप्से) २८.३८ अंकले बढेको छ। २०५० बिन्दुबाट सुरु भएको बजार सामान्य उतारचढावकाबीच बढ्दै परिसूचक २०७७.७६ बिन्दुमा उक्लिएको हो।
आज १६८ कम्पनीको सेयर मूल्य बढेको छ। ५० कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर रह्यो।

आइतबार ३ अर्ब ४ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। कारोबार रकमका हिसाबले सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेन्सको भयो। आज यसको १८ करोड ६० लाख ७२ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

आज पनि रावा इनर्जी र सिटी होटलको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। आइतबार नेप्सेका सबै उपसमूहको सूचक बढेको छ। सबैभन्दा बढी होटल तथा पर्यटन क्षेत्रको उपसूचक ४.६३ प्रतिशतले बढ्यो। त्यसैगरी व्यापार उपसमूहको सूचक ४ प्रतिशतले बढेको छ।

प्रकाशित: २४ असार २०८० १५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 5 =