२४ ठेकेदार कम्पनीलाई सरकारले सोध्यो स्पष्टीकरण

हिमाल प्रेस २४ असार २०८० १५:२९
10
SHARES
२४ ठेकेदार कम्पनीलाई सरकारले सोध्यो स्पष्टीकरण

काठमाडौँ- सरकारले २४ वटा ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण तथा आपूर्तिसम्बन्धी ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको हो। सबै कम्पनीलाई एक हप्ताभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ।

कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्ने कम्पनीसाग स्पष्टीकरण माग गरेको हो।

यसअघि ३० दिने स्पष्टीकरण सोधिएकोमा कुनै जवाफ नआएपछि कार्यालयले ती कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको हो।

स्पष्टीकरण पेस गर्न भनिएका कम्पनीमा काठमाडौँ तिनकुनेको सिरुवा कन्ट्रक्सन, गोठाटारको खहरेखोला इन्टरप्राईजेज, दोलखाको पुतलीकाठ निर्माण सेवा प्रालि, कागेश्वरीको लामाबुद्ध निर्माण तथा समग्री सप्लायर्स रहेका छन्।

त्यस्तै तनहुँको एक्सन बिल्डर्स प्रालि, बर्दियाको नुरी कन्ट्रक्सन प्रालि, हेटौँडाको शिवालय बिल्डर्स, कोटेश्वरको अन्तरता इन्टरनेस्लन कोटेश्वर र पुतलीसडकको आरडि सप्लायर्स लाई सरकारले स्पष्टीकरण सोधेको छ।

त्यस्तै नागारर्जुन शंकरमाली जेभी (नागारर्जुन कन्ट्रक्सन प्राली, शंकर माली निर्माण सेवा प्राली) कमलादी, एञ्जल निर्माण सेवा बानेश्वर, एकेएस कन्ट्रक्सन भरतपुर चितवन, कश्यप/आर्भन जेभी भरतपुर चितवन, तिइभु निर्माण सेवा रोल्पा, इसु इन्फर्मेसन सर्भिस ग्रूप, तत्थ्य इन्जिनियरिङ इन्फा प्रोजेक्ट प्रालि मुम्बै, रुपन्देही बिल्डर्स एन्ड कन्ट्रक्सन प्रालि काठमाडौँ तथा आर्भन कन्ट्रक्सन प्रालिलाई स्पष्टीकरण सोधिएको छ।

प्रकाशित: २४ असार २०८० १५:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =