लहानका विपन्‍न तथा दलितका लागि निःशुल्क एम्बुलेन्स सेवा

हिमाल प्रेस २३ असार २०८० ७:२५
2
SHARE
लहानका विपन्‍न तथा दलितका लागि निःशुल्क एम्बुलेन्स सेवा

सिरहा– लहान नगरपालिकाले आगामी आवदेखि नगर क्षेत्रभित्रका गरिब, विपन्न तथा दलितको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ।

भारतीय  दूतावासको सहयोगमा निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्न लागिएको मेयर महेश चौधरीले जानकारी दिए।

‘नगरसभाबाट आव ०८०/८१ मा पनि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न थप बजेट विनियोजन गरिएको छ,’ मेयर चौधरीले भने, ‘यस सेवाबाट यहाँका गरिब, निमुखा, असहाय तथा दलित बिरामी पैसाको अभावमा अस्पतालसम्म पुग्न नसक्ने अवस्था अब अन्त्य हुन्छ।’

निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन हुने भएपछि नगरभित्रका सुत्केरी तथा गर्भवती महिलालाई नियमित चेकजाँच गर्नको लागि स्वास्थ्य संस्था आउजाउ गर्नलाई सहज हुने विश्वास मेयर चौधरीले व्यक्त गरे।

लहान नगरपालिकामा करिब २० हजारभन्दा बढीको संख्यामा विपन्न दलितको बसोबास छ।

प्रकाशित: २३ असार २०८० ७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =