कोशीमा थापाले सम्हाले मुख्यमन्त्रीको पदभार

हिमाल प्रेस २२ असार २०८० ११:२२
8
SHARES
कोशीमा थापाले सम्हाले मुख्यमन्त्रीको पदभार

इटहरी– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले  शुक्रबार पदभार  सम्हालेका छन्। मुख्यमन्त्रीमा बिहीबार साँझ नियुक्त भएका उनले शुक्रबार बिहान प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए। शपथलगत्तै उनले मुख्यमन्त्री कार्यालय पुगेर पदभार सम्हालेका हुन्।

कार्यभार सम्हालेपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले मुख्यमन्त्री नियुक्ति हुनुलाई आफूले चुनौतीका रूपमा लिएको र चुनौतीलाई अवसरमा बदल्ने उनले बताए। मुख्यमन्त्रीका हैसियतले आफूले सभाका सबै दलहरूलाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता उनको छ।

थापाले भने, ‘यो पद मेरा लागि निकै चुनौतीपूर्ण छ। चुनौतीलाई मैले जिम्मेवारीका रूपमा लिएको छु। चुनौतीकै बीचबाट अवसर प्राप्त हुन्छ। शीर्ष तहको निष्कर्षअनुसार सबै दललाई विश्वासमा लिएर अघि बढ्ने छु।’

प्रकाशित: २२ असार २०८० ११:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 10 =