प्रतिनिधिसभा बैठक बस्दै, यस्तो कार्यसूची

एमालेसहित विपक्षीले बैठक अवरोध गर्नेेे

हिमाल प्रेस २२ असार २०८० ६:५०
8
SHARES
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो कार्यसूची फाइल तस्बिर।

काठमाडौँ– शुक्रबार (आज) प्रतिनिधिसभा बैठक बस्दै छ। संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो ३ बजे बैठक बस्ने भएको हो।

बैठकमा तीन वटा विधेयक प्रस्तुत हुने संघीय संसद् सचिवालयद्वारा जारी कार्यसूचीमा उल्लेख छ। जसअनुसार राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्नेछन् भने राष्ट्रियसभामा उत्पत्ति भएको ‘मलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।

यसैबीच प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित विपक्षी दलहरू भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडानमा छन्।

प्रकाशित: २२ असार २०८० ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =