महामन्त्री थापाले बोलाए कांग्रेस जिल्ला सभापतिहरूको बैठक

हिमाल प्रेस २१ असार २०८० ७:४२
6
SHARES
महामन्त्री थापाले बोलाए कांग्रेस जिल्ला सभापतिहरूको बैठक

काठमाडौँ– सत्तारूढ नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक बस्दैछ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे बैठक बस्न लागेको हो।

जिल्ला सभापतिहरूलाई छलफलका लागि पार्टी महामन्त्री गगन थापाले काठमाडौँ बोलाएका हुन्।

दुई दिन सञ्चालन हुने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुने महामन्त्री गगन थापाले जानकारी दिए।

क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरण, विधान बमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलन र पार्टी सञ्चालन तथा व्यवस्थापनलगायत अन्य विविध सांगठनिक विषयमाथि छलफल हुने उनले जनाए।

कांग्रेसले बैठकमा आफ्नो जिल्लाअन्तर्गतका प्रतिनिधिसभा, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगरपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको नामावली र सम्पर्क नम्बरसहित उपस्थित हुन पत्राचार गरेको छ।

वडा तहदेखि जिल्ला सम्मेलन भए नभएको विवरण र योजना विषयसहित उपस्थित हुन उनले जानकारी गराएका छन्।

जिल्ला सभापति उपस्थित हुन नसके उपसभापति उपस्थित हुने, भौतिक रूपमा सहभागिता जनाउन नसके भर्चुअल रूपमा अन्तर्क्रियामा सहभागी हुनसक्ने व्यवस्था पनि गरिएको छ।

प्रकाशित: २१ असार २०८० ७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 11 =