जातीय विभेदविरुद्ध जसपाको खबरदारी

हिमाल प्रेस २० असार २०८० १९:०८
4
SHARES
जातीय विभेदविरुद्ध जसपाको खबरदारी

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले जातीय विभेदविरुद्ध खबरदारी गरेको छ। बुधबार काठमाडौँको माइतीघर मण्डलमा जसपाका कार्यकर्ताहरूले खबरदारी गरेका हुन्।

उनीहरूले जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घर जलाइएको, दाङमा डेराबाट निकालिएकोलगायत घटनाका साथै देशभर भएका जातीय विभेदविरुद्ध खबरदारी गरेका हुन्।

उनीहरूले पीडितको घरमा राति आगो लगाएर मान्छे मार्ने योजनाअनुसार घरमा आगो लगाइएको भन्दै यस्ता घटनामा दोषीहरूमाथि कडा कारबाही हुनुपर्ने बताए।

अमानवीय घटना हुँदासमेत सरकारले बेवास्ता गरिरहेको उनीहरूको आरोप छ।

प्रकाशित: २० असार २०८० १९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =