शुक्लाफाँटा आरक्ष पीडितलाई व्यवस्थापन गरियोस् : सांसद महरा

हिमाल प्रेस १९ असार २०८० १६:३२
6
SHARES
शुक्लाफाँटा आरक्ष पीडितलाई व्यवस्थापन गरियोस् : सांसद महरा

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का सांसद महेशकुमार महराले कञ्चनपुरको शुक्लफाँटा आरक्ष पीडितहरूको उचित व्यवस्थापन गर्न माग गरेका छन्।

मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले कञ्चनपुरको शुक्लाफाँटा आरक्षबाट २०५८ सालमा नागरिकहरुलाई निकालिएको भए पनि हालसम्म उचित व्यवस्थापन नगरिएको बताए।

उनले विस्थापित आरक्ष पीडितहरुलाई व्यवस्थित गर्न माग गरे। आरक्ष पीडितहरु हालसम्म शिविर, जंगल र नदीका किनारामा बस्न बाध्य भएको भन्दै उनीहरूले जमिन दिएर व्यवस्थापन गर्नुपर्ने उनले बताए।

आफ्नो जमिन आरक्षलाई छोडेको भए पनि त्यहाँका नागरिकलाई हालसम्म मुआब्जा नदिइएको उनको भनाइ छ।

प्रकाशित: १९ असार २०८० १६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =