नेपालमा तत्काललाई थप विश्वविद्यालय खोल्न आवश्यक छैन : सांसद खिमलाल देवकोटा

हिमाल प्रेस १८ असार २०८० १६:१२
8
SHARES
नेपालमा तत्काललाई थप विश्वविद्यालय खोल्न आवश्यक छैन : सांसद खिमलाल देवकोटा

काठमाडौँ- राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले नेपालमा थप विश्वविद्यालय आवश्यक नरहेको बताएका छन्। सोमबार राष्ट्रियसभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।

देवकोटाले शिक्षा मन्त्रालय, नेपाल सरकारको थिंकटयांकको रुपमा रहेको नेपाल नीति अनुसन्धान प्रतिष्ठानको हालै सार्वजनिक भएको प्रतिवेदनमा पनि नेपालमा थप विश्वविद्यालय आवश्यक नभएको उल्लेख गरिएकोतर्फ पनि नेपाल सरकारको ध्यानाकर्षण गराए।

उनले नयाँ शिक्षा नीति ल्याउन र सोको आधारमा मात्रै थप विश्वविद्यालय नेपालमा आवश्यक छ, छैन भन्ने कुराको निष्कर्षमा पुग्नुपर्ने बताए।

कक्षा १२ पास गरेपछि विद्यार्थीहरू धमाधम विदेश जाने, तर यहाँ विश्वविद्यालय खोल्ने कुरा परस्पर विरोधी भएकाले यसतर्फ पनि सरकार गम्भीर हुनुपर्ने आवश्यक्ता रहेको उनको भनाइ छ।

सांसद देवकाटाले वित्तीय र भौतिक पूर्वाधार केही पनि नभएकाले अहिले नेपालमा विश्वविद्यालय खोल्न आवश्यक नरहेको तर्क गरे।

प्रकाशित: १८ असार २०८० १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =