नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्‍चालन

हिमाल प्रेस १८ असार २०८० १०:०६
6
SHARES
नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्‍चालन नारायणगढ-मुग्लिन सडकखण्ड। तस्बिर- रासस

काठमाडौँ– नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। पहिरो पन्छाएर र पल्टिएको ट्रक उठाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो।

चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा आज बिहान १ : ५० बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो।

५ घण्टापछि यातायात सञ्चालन भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए।

उनका अनुसार रोकिएका सवारी साधन गन्तव्यतर्फ जान थालेका छन्।

घाइते चालकको हाइवे अस्पतालमा उपचार हुँदै

उक्त सडकको तुइन खोलानजिक आज बिहान खसेको पहिरोले ट्रकलाई पल्टाउँदा घाइते भएका ट्रक चालकको मुग्लिनस्थित हाइवे अस्पतालमा उपचार भइरहेको छ।

ना. ६ ख ७१० नम्बरको कन्टेनर ट्रक पल्टिदा पर्सा बिरगंज बस्ने वर्स ३५ को राम पुकार मध्यम घाइते भएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

घाइतेलाई प्रहरीले आफ्नै गाडीमा राखेर अस्पताल पुर्‍याएको हो। इच्छाकामना गाउँपालिका-५ स्थित तुइन खोला पुलनजिक पहिरो खसेको थियो। हाल पहिरो हटाएर यातायात सञ्चालन गराइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ असार २०८० १०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =