‘ए ढाक्रे दाई’को ट्रेलर सार्वजनिक, साउन ५ मा प्रदर्शन हुने

हिमाल प्रेस १७ असार २०८० १७:११
4
SHARES
‘ए ढाक्रे दाई’को ट्रेलर सार्वजनिक, साउन ५ मा प्रदर्शन हुने

काठमाडौँ-आगामी साउन ५ गते प्रदर्शन हुने फिल्म ‘ए ढाक्रे दाई’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलर बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

करिब ६० वर्षअघिको ढाक्रे जीवनशैलीलाई फिल्ममा प्रस्तुत गरिएको निर्माण टिमले जानकारी दिएको छ। उनीहरूले भोगेको जीवन कथा फिल्मको ट्रेलरमा पनि प्रस्तुत गरिएको छ।

निरंजन कसजू (माइला)को लेखन, निर्देशन र निर्माण रहेको फिल्म सुमन थापाको छायांकन, विजय पोखरेल र अर्जुन पोखरेलको सम्पादनमा बनेको छ। फिल्ममा ध्रुव कोइराला, मिनुज रानामगर, माया थामी, उषा फौजालगायतको अभिनय छ। एन के एमको प्रस्तति रहेको फिल्ममा समावेश गरिएको गीतमा एन के एम र तेजप्रसाद पाण्डेको शब्द र सुरेश सेन्चुरीको संगीत छ।

प्रकाशित: १७ असार २०८० १७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =