जीडब्लूएमका गाडीमा नबिल बैंकले कर्जा लगानी गर्ने

हिमाल प्रेस १७ असार २०८० ११:५४
8
SHARES
जीडब्लूएमका गाडीमा नबिल बैंकले कर्जा लगानी गर्ने

काठमाडौँ- नेपालका लागि जीडब्लूएम गाडीको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले नबिल बैंकसँग सम्झौता गरेको छ।

सम्झौताअनुसार नेपालमा भीजी इम्पेक्सले बिक्री गर्दै आएका हाभल जोलायन, हाभल एच–६, पावर, विङ्गल–५ र विद्युतीय गाडी ओरा–०३ मा नबिल बैंकले कर्जा लगानी गर्ने भएको छ।

सम्झौतामा भीजी इम्पेक्सका उपाध्यक्ष रूपेश शर्मा भट्ट र नबिल बैंक लिमिटेडको हेड अफ रिटेल लेन्डिङ चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका छन्।

नबिल बैंकले जीडब्लूएमका आईसीई मोडललाई १२.९० प्रतिशत र विद्युतीय गाडीमा १२.१५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने छ। यसमा बैंकले कुल मूल्यको ५० प्रतिशत लगानी गर्ने सम्झौता भएको छ। ऋणको अवधि भने ७ वर्षको हुनेछ।

प्रकाशित: १७ असार २०८० ११:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =