पार्टी एकताका लागि विशेष महाधिवेशनका पक्षमा प्रचण्ड

हिमाल प्रेस १६ असार २०८० ९:२९
12
SHARES
पार्टी एकताका लागि विशेष महाधिवेशनका पक्षमा प्रचण्ड

पोखरा– प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि आफू विशेष महाधिवेशन गर्ने पक्षमा रहेको बताएका छन्। पोखरामा शनिबार माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले यस्तो जानकारी दिएका हुन्।

उनले भने, ‘हामी विशेष महाधिवेशन गर्नेमा पनि छौँ, यसले पार्टी पुनर्निर्माणमा योगदान पुग्नेछ।’  यस्तै उनले पार्टी एकताका लागि पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको जानकारी दिए।

उनले भने, ‘पूर्वमाओवादीहरू पनि छलफलमा छौँ। फेरि पार्टी एकताको आधार निर्माण हुँदैछ। पार्टी एकताको लागि ठोस पहल अगाडि बढाउँछौँ।’ प्रचण्डले माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुने दाबी गरे।

‘हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरूरी छ’, उनले भने।

यसपटक सरकारको नेतृत्व लिँदा नि परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको उनले बताए। प्रचण्डले भने, ‘त्यसका लागि नयाँ ढंगले सोच्दैछौँ। हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ। जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ।’ आफ्नै पहलमा समाजवादी मोर्चा घोषणा गरिएको पनि प्रचण्डले बताए। उनले भने, ‘समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्नेछ।’

प्रकाशित: १६ असार २०८० ९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =