दार्चुला भन्सारमा लक्ष्यभन्दा दोब्बर राजस्व संकलन

हिमाल प्रेस ४ साउन २०८० २०:४२ | Thursday, July 20, 2023
दार्चुला भन्सारमा लक्ष्यभन्दा दोब्बर राजस्व संकलन

खलंगा- आर्थिक वर्ष २०७९/८० मा सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सकेन। झापाको मेची भन्सार, कैलाली तथा कञ्चनपुरलगायत भन्सार कार्यालयहरूले लक्ष्यअनुसार राजस्व उठाउन नसकेको अवस्थामा दार्चुला भन्सार कार्यालयले लक्ष्यको दोब्बर राजस्व संकलन गरेको हो।

कार्यालयले आव २०७९/८० मा १९ लाख ६८ हजार रुपैयाँ लक्ष्य रहेको थियो। कार्यालयले त्यसको दोब्बर बढी राजस्व असुल गरेको हो। गत आवमा ४० लाख ८१ हजार चार सय दुई रुपैयाँ राजस्व संकलन गरिएको यहाँको भन्सार कार्यालयको तथ्यांक छ।

दार्चुला भन्सार कार्यालय प्रमुख शिवचन्द्र प्रसादले यस वर्ष दोब्बर राजस्व संकलन गरिएको जानकारी दिए। गत आवको फागुन महिनामा सबैभन्दा बढी र कात्तिक महिनामा सबैभन्दा कम राजस्व उठेको कार्यालयको तथ्यांक छ।

दार्चुलामा मूल भन्सार कार्यालय स्थापना भएदेखि राजस्वमा वृद्धि भएको यो पहिलोपटक हो। पछिल्लो समय नागरिक करको दायरामा आउँदा राजस्वमा वृद्धि भइरहेको कार्यालय प्रमुख प्रसादले बताए। त्यस्तै कार्यालयले चालु आवमा ५० लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। रासस

मेची भन्सारको राजस्व संकलन लक्ष्यभन्दा कम

प्रकाशित: ४ साउन २०८० २०:४२ | Thursday, July 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast