राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान निर्देशकमा इन्द्रसिंह लामा र माधव तिमिल्सिना बढुवा

हिमाल प्रेस १२ असार २०८० १८:१८
1.1k
SHARES
राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान निर्देशकमा इन्द्रसिंह लामा र माधव तिमिल्सिना बढुवा

काठमाडौँ- राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक इन्द्रसिंह लामा र माधव तिमिल्सिनाको बढुवा गरिएको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले लामा र तिमिल्सिनालाई अनुसन्धान निर्देशकमा पदोन्नति गर्ने निर्णय गरेको हो। लामालाई सुदूरपश्चिम र तिमिल्सिनालाई कर्णालीमा पदस्थापन गरिनेछ।

बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। साथै रास्कोट नगरपालिका-६ कालीकोट, नरहरिनाथ गाउँपालिका-२ कालीकोट, राप्तीसोनारी गाउँपालिका–४ बाँके, रम्भा गाउँपालिका-३ पाल्पा, शीतगंगा गाउँपालिका-१३ अर्घाखाँची, जगरनाथपुर गाउँपालिका-५ पर्सा र महागढीमाई नगरपालिका-५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ।

प्रकाशित: १२ असार २०८० १८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =