विदेशमा अलपत्र परेका नेपालीलाई विशेष आश्रयस्थलको व्यवस्था मिलाइएको छ : श्रममन्त्री

हिमाल प्रेस ११ असार २०८० १९:५८ | Monday, June 26, 2023
विदेशमा अलपत्र परेका नेपालीलाई विशेष आश्रयस्थलको व्यवस्था मिलाइएको छ : श्रममन्त्री

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशमा अलपत्र नेपाली कामदारका विशेष आश्रयस्थलको व्यवस्था मिलाइएको बताएका छन्।

उनले ओमान, कुवेत, साउदी अरेबिया र बहराइनमा रहेका नेपाली कामदारका लागि विशेष आश्रयस्थलको व्यवस्था गरिएको बताएका हुन्। सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले विदेशमा रहेका कामदारबारे पनि बताएका थिए।

मन्त्री भण्डारीले वैदेशिक रोजगारका लागि सबै प्रकारका श्रम स्वीकृति दिने व्यवस्था प्रदेशस्तरमा रहेका श्रम तथा रोजगार कार्यालयहरूबाट मिलाइएको पनि उनले जानकारी गराए। नेपाली नर्स तथा हेल्थ सेक्टरका अन्यलाई बेलायत पठाउने समझदारीअनुसार छनोट प्रक्रिया अघि बढाइएको उनको भनाइ थियो।

प्रकाशित: ११ असार २०८० १९:५८ | Monday, June 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast