आफ्नै फार्मेसी खोल्दै काठमाडौँ महानगर, स्वास्थ्यलाई छुट्यायो ३५ करोड

हिमाल प्रेस १० असार २०८० १४:५६
16
SHARES
आफ्नै फार्मेसी खोल्दै काठमाडौँ महानगर, स्वास्थ्यलाई छुट्यायो ३५ करोड

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आफ्नै फार्मेसी खोल्ने भएको छ। आगामी आर्थिक वर्ष २०८०/८१को बजेटमार्फत महानगरले उक्त घोषणा गरेको हो। उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेट नगरसभामा पेस गर्दै उक्त घोषणा गरिन्।

महानगराबासीलाई सहुलियतमा औषधि उपलब्ध गराउन सुलभ फार्मेसीको स्वर्णिम योजना कार्यान्वयन गरिने उनले बताइन्। त्यसका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको पनि उनले बताइन्।

त्यस्तै महानगरपालिका भित्रका सहरी स्वास्थ्य क्लिनिक स्तरोन्नति गरिने योजना महानगरले अघि सारेको छ। क्लिनिक स्तरोन्नतिसहित स्वास्थ्य प्रवद्र्धन केन्द्रमा रूपान्तरण गरिने घोषणा महानगरले गरेको छ।

‘महानगरबासीका लागि ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ योजनामार्फत सरल र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन ३५ करोड रुपैयाँ विनियोजन गरेको छु,’ डंगोलले बजेट वक्तव्यमार्फत भनिन्, ‘महानगराबासीलाई सहुलियतमा औषधि उपलब्ध गराउनका लागि सुलभ फार्मेसीको स्वर्णिम योजना कार्यान्वयन गर्न ६ करोड विनियोजन गरेको छु।’

प्रकाशित: १० असार २०८० १४:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 15 =