युगअनुसार संस्कृति निर्माणको आवश्यकता : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस ९ असार २०८० १६:१६
2
SHARE
युगअनुसार संस्कृति निर्माणको आवश्यकता : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय समानुपातिक गणतान्त्रिक युग अनुसारको संस्कृति निर्माण आजको आवश्यकता भएको बताएका छन्। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित कविता महोत्सवमा उनले युगअनुसारको संस्कृति निर्माण आवश्यक भएको बताएका हुन्।

ज्ञान तथा साहित्य कलालाई पछिल्लो समय विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्न सकेमा मात्रै अपेक्षित सफलता हासिल गर्न सकिने उनको भनाइ थियो।

अबको अनुसन्धान तथा सिर्जना परम्परा धान्नमा सिमित हुन नहुने उनले बताए। सामाजिक संरचना, राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोहीअनुसारको सांस्कृतिक रूपान्तरण अभियान अघि सर्न जरुरी रहेको उनको भनाइ थियो।

प्रकाशित: ९ असार २०८० १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =