सीमा सुरक्षाका लागि सरकार संवेदनशील छ : प्रधानमन्त्री

हिमाल प्रेस ८ असार २०८० १४:०९
4
SHARES
सीमा सुरक्षाका लागि सरकार संवेदनशील छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रत्यक्ष प्रश्नको जवाफ दिएर रोस्टमबाट फर्कँदै। तस्बिर : रासस

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले सिमाना सुरक्षाका लागि सरकार संवेदनशील रहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा शुक्रबार सांसद अशोककुमार चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले देशको सिमानाको सुरक्षामा सरकार संवेदनशील रहेको बताएका हुन्।

उनले भने, ‘अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सबल, सदृढ र प्रभावकारी बनाउन सीमा स्तम्भहरुको नियमित मर्मत, सम्भार गर्दै जाने र बोर्डर आउट पोस्टहरुको सुदृढीकरण र थप स्थानमा आउटपोस्ट निर्माण गर्दै जाने विषय सरकारको उच्च प्राथमिकतामा छ। सोहीबमोजिम स्रोत, साधन र जनशक्तिको व्यवस्था पनि गरिएको छ।’

उनले देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता लगायत राष्ट्रिय हित रक्षाका लागि पनि सरकार संवेदनशील र प्रयत्नशील रहेको बताए। उनले भने, ‘नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, सिमानाको सुरक्षा, राष्ट्रिय एकता लगायत राष्ट्रिय हितको रक्षाको लागि सरकार संवेदनशील र निरन्तर प्रयत्नशील रहेको जानकारी म गराउन चाहन्छु।’

अहिलेसम्म थापना भएका २५० बोर्डर आउट पोस्टमध्ये १२८ वटाको भौतिक संरचना निर्माण भएको र चालु आर्थिक वर्ष २०७९/८० सम्ममा थप १० बोर्डर आउट पोस्ट निर्माण सम्पन्न हुने जानकारी उनले दिए। यस्तै प्रधानमन्त्री दाहालले चालु आर्थिक वर्षमै १० वटा बोर्डर आउट पोस्ट निर्माण सम्पन्न हुने पनि बताए।

प्रकाशित: ८ असार २०८० १४:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =