ओखलढुंगा पहिरोमा श्रीमान श्रीमती र छोरीको मृत्यु, छोरा बेपत्ता

हिमाल प्रेस ८ असार २०८० ८:२३
12
SHARES
ओखलढुंगा पहिरोमा श्रीमान श्रीमती र छोरीको मृत्यु, छोरा बेपत्ता फाइल तस्बिर।

ओखलढुंगा– ओखलढुंगामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ। उक्त घटनामा परी एक जना बेपत्ता भएका छन्।

शुक्रबार राति चम्पादेवी गाउँपालिका-८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमाया र १८ महिनाकी छोरी कृतिकाको ज्यान गएको हो। गुरुङका १० वर्षीय छोरा दिनेश पहिरामा परी बेपत्ता भएका छन्।

बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिराले पुरिएको छ।

ती दुई घरमा बस्दै आएकाले भने भागेर ज्यान जोगाएका बताइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले अहिले बेपत्ताको खोजी गरिरहेका छन्। पहिराले धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन।

प्रकाशित: ८ असार २०८० ८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 6 =