चूडामणि शर्मासहित तीन जना भ्रष्टाचारी ठहर, ४ अर्ब जरिबाना, ९ वर्ष कैद

हिमाल प्रेस ५ असार २०८० १८:३६
132
SHARES
चूडामणि शर्मासहित तीन जना भ्रष्टाचारी ठहर, ४ अर्ब जरिबाना, ९ वर्ष कैद

काठमाडौँ– विशेष अदालतले आन्तरिक राजश्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मासहित तीन जनालाई भ्रष्टाचारी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार शर्मासहित लुम्बध्वज महत र उमेश ढकालविरुद्धको मुद्दामा भ्रष्टाचार ठहर गरेको हो।

शर्मा आन्तरिक राजश्व विभागका पूर्वमहानिर्देशक हुन्। त्यस्तै महत कर  फर्छ्यौट आयोगका पूर्वअध्यक्ष र ढकाल सदस्य हुन्। अदालतले तीन जनालाई ९ वर्ष कैद सजाय सुनाएको छ भने जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार रुपैयाँ जरिबाना तिर्नुपर्ने फैसला गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ साल असार १ गते यी तीन जनाविरूद्ध १० अर्ब ९६ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रकाशित: ५ असार २०८० १८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 3 =