भ्रष्टाचार मुद्दामा चूडामणि शर्मासहित तीनजना दोषी ठहर

हिमाल प्रेस १८ जेठ २०८० १९:०१
20
SHARES
भ्रष्टाचार मुद्दामा चूडामणि शर्मासहित तीनजना दोषी ठहर

काठमाडौँ– भ्रष्टाचार मुद्दामा आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई विशेष अदालतले दोषी ठहर गरेको छ। आज बिहीबार विशेष अदालतले शर्मासहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशद्वय यमुना भट्टराई र न्यायाधीश शालिग्राम कोइरालाको इजलासले उनीहरूलाई भ्रष्टाचार मुद्दामा दोषी रहेको फैसला सुनाएको हो।

उनीहरूविरुद्ध कर फर्स्योट आयोगमा कार्यरत रहँदा अनियमितता गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको दायर गरेको थियो। तीनजनाविरुद्ध अख्तियारले १ अर्ब ३३ लाख रुपैयाँ बिगो र त्यसको दोब्बर बराबर जरिवाना मागदाबी गरेको थियो।

उनीहरूले बदनियतपूर्वक १० अर्ब रुपैयाँभन्दा बढी रकम अनधिकृत रुपमा कर छुट तथा मिनाहा गरी गैरकानुनीरुपमा सरकारलाई नोक्सानी पुर्‍याएको आरोप थियो। भ्रष्टाचारसँगै उनीहरूविरुद्ध राजश्व चुहावट र गैरकानुनी सम्पत्ति आर्जन गरेको मुद्दा पनि चलेको थियो। राजश्व चुहावट मुद्दामा भने उनीहरु दोषी ठहर भएका छन्। तर विशेषले शर्मासहित तीनैजनालाई गैरकानुनी सम्पत्तिको मुद्दामा भने सफाइ दिएको छ।

उनीहरूमाथिको सजाय जेठ २५ गते निर्धारण हुने गरी पेसी तोकिएको छ।

प्रकाशित: १८ जेठ २०८० १९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =