बाढीपहिरोमा तीनको मृत्यु, १७ मजदुरसहित २९ जना बेपत्ता

हिमाल प्रेस ३ असार २०८० २०:४९
बाढीपहिरोमा तीनको मृत्यु, १७ मजदुरसहित २९ जना बेपत्ता संखुवासभाको चैनपुर र पाँचखपन नगरपालिकाको सिमाना भई बग्ने हेवा खोलामा शनिबार राति आएको बाढीले जोखिममा परेको बस्ती। तस्बिर : रासस

काठमाडौँ‍- लगातारको वर्षापछि आएको बाढीपहिरोमा परी पूर्वी नेपालमा तीन जनाको ज्यान गएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आइतबार साँझ दिएको जानकारीअनुसार पाँचथर, संखुवासभा, ताप्लेजुङलगायत जिल्लामा तीन जनाको मृत्यु भएको छ। ती घटनामा अन्य २९ जना बेपत्ता छन्।

पाँचथरमा एक जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता छन्। जिल्लामा १२ वटा पुलमध्ये केही बगाएको र केहीमा ठूलो क्षति पुर्‍याएको छ। यस्तै छवटा घर बगाएको र दुई जलविद्युत् आयोजनामा क्षति पुगेको छ।

संखुवासभामा एक जनाको मृत्यु भएको र अन्य २१ जना सम्पर्कविहीन छन्। त्यहाँबाट तीन जनाको उद्धार गरिएको पनि कडायतले बताए। संखुवासभामा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार बेपत्ता भएकामध्ये १७ जना त्यहाँको सुपर हेवाखोला जलविद्युत् आयोजनाका मजदुर छन्। हराउने अन्य चारजना सर्वसाधारण हुन्। ताप्लेजुङमा एकको मृत्यु र तीनजना बेपत्ता छन्। बेपत्ताको खोजी जारी रहेको उनले बताए।

संखुवासभामा बेपत्ता हुने १९ जना

रामजनम थारू, कैलाली
राहुल थारू, बर्दिया
रोहित थारू, बर्दिया
पुलसत थारू, बर्दिया
कालीराम थारू, बर्दिया
सुगत थारू, कैलाली
अमर थारू, कैलाली
राजाराम थारू, बर्दिया
सीता थारू, कैलाली
दीपक मगर, पाँचखपन
सन्तोष ढकाल, इटहरी
भुवनसिंह तामाङ, चैनपुर–४
सन्तोष राई, पाँचखपन
सुवाहाङ राई, पाँचखपन
फौदबहादुर कार्की, झापा
गणेश गिरी, पाख्रीबास
राजकुमार राई, इलाम
मीना श्रेष्ठ, झापा
ज्ञानबहादुर लिम्बू, चैनपुर–४

प्रकाशित: ३ असार २०८० २०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =