बद्री पंगेनीको ‘दुई पाइला’

हिमाल प्रेस ३ असार २०८० १३:४४
4
SHARES
बद्री पंगेनीको ‘दुई पाइला’

काठमाडौँ- चर्चित गायक बद्री कुमार पंगेनी र गायिका एलिना चौहानको स्वरमा ‘दुई पाइला’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ।

गीत गायक पंगेनीकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

नारायण ज्ञवालीको शब्द र सुदीप सागरको संगीत संयोजन रहेको गीतमा गायक पंगेनीले संगीत भरेका छन्।

पंगेनीकै कथा र निर्देशन रहेको गीतको भिडियोमा प्रकाश सपुत र पूजा पौडेलको प्रेम कहानी देखाइएको छ। साथै भिडियोमा रमेश विक, सुवास रिजाल, मित्र अधिकारी, अपेक्षा अधिकारी र गोपाल ज्ञवालीले अभिनय गरेका छन्।

सार्वजनिक भएको दुई दिनमा गीतलाई पाँच लाखभन्दा बढिले हेरिसकेका छन्। गीत राजेश घिमिरेको छायांकन, प्रविण भट्टको सम्पादनमा बनेको छ।

प्रकाशित: ३ असार २०८० १३:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − nine =